‘बाहुबली द कन्क्लुजन’ले चार दिनमा १ सय ६८ करोडको व्यापार
Published Date: 2017-05-02 00:00:00२ सय ७० करोडको लगानीमा बनेको सिनेमा ‘बाहुबली द कन्क्लुजन’ले हजार करोड क्लबको सुरुवात गर्ने संकेत देखाएको छ । सिनेमाले सुरुवाती चार दिनमै ५ सय २१ करोड ९८ लाखको ग्रश कलेक्शन गर्दै कम समयमा सबैभन्दा धेरै कमाउने सिनेमाका रेकर्ड राखेको छ । सिनेमाको चार दिनको कमाईबाट निर्माताहरुले ३ सय ३ करोड पाउने भएका छन् ।
चार दिनमा भारतमा मात्रै ३ सय ९० र भारत बाहिर १ सय ३१ करोडको ग्रश कलेक्शन गरेको जानकारी रमेश बालाले दिएका छन् । बलिवुडका ठूला स्टारका सिनेमाको कमाईलाई पनि फ्लप खुवाउँदै हिन्दी भाषामा सिनेमाले सुरुवाती चार दिनमा १ सय ६८ करोडको व्यापार गरेको छ । पहिलो दिन ४१ करोड, दोस्रो दिन ४० करोड, तेस्रो दिन ४६ करोड ५० लाख, र चौथो दिन ४० करोड २५ लाख गरी सुरुवाती चार दिनमा हिन्दी भाषामा १ सय ६८ करोड २५ लाखको ग्रश कलेक्शन गरेको छ । सिनेमामा प्रभास, राम्या कृष्णन, तमन्ना भाटिया, अनुश्का शेट्टी, राणा दग्गुबाती लगायतको मुख्य भूमिका छ।

-
करीनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुदै
नायिकाहरू कहिले आफ्नो पहिरनले कहिले आफ्नो शरिरिक बनावटले सामाजिक सञ्जालम
Read more → -
श्रीदेवी जस्तै उरुषा पांडेको नगिना डान्स
जिन्दगीको केहि भरोसा हुदैन कसैले सोचेको पनि थिएन होला दुबइको विबाह समारोहम
Read more → -
ब्रेन ट्युमरको सिकार भए इरफान खान
भारतको कोकिलाबेन अस्पतालमा स्वास्थ्य जाँच गराइे रहेको बलिउड अभिनेता इरफा
Read more → -
सलमान खानको ‘दबंग द टूर नेपाल’ वैशाखमा
फागुन २६ गते आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल
Read more → -
बलिउड अभिनेत्री श्रीदेवी रहिनन्
हार्टअट्याकको कारण बलिउड अभिनेत्री श्रीदेवीको दुबईमा निधन भएको हो ।श्रीद
Read more → -
मार्च ३० मा रिलिज हुने चलचित्र ‘बाघी २’
एक्सन थ्रिलर रहेको चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोपको खतरनाक रूपमा
Read more →