MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सेक्स केबल शारिरीक सन्तुष्टि मात्र नभई यसका धेरै फाइदाहरु

Published Date: 2017-05-02 00:00:00



सेक्स जीवनको ठूलो आनन्द हो । मानव जीवनको अस्थित्वका लागि पनि यसको अपरिहार्य छ । सेक्स माया र सन्तान उत्पादनमा मात्र सिमित छैन । विज्ञहरुका अनुसार सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । चिसोबाट जोगाउनदेखि ह्दयघातबाट बचाउनसम्म यसले मद्धत गर्छ । सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् ।

सेक्सबारे नकारात्मक धारणा राख्ने मानिसहरुलाई गलतफेमी हामी यसरी हटाइ दिन्छौ । सेक्स केबल शारिरीक सन्तुष्टिका लागि लिनेहरुले सेक्स गर्दा हुने फाइदा पनि हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसले तपाईको फिटनेश सन्तुलन राख्न ठुलो भुमिका राख्छ । सेक्स गर्नाका धेरै फाइदाहरु रहेका छन् ।

१) दिमागको कोष बढाउँछ
३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ । तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ ।तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन ।

२) मिठो निद्रा लाग्छ
सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।

३) मुटु स्वस्थ राख्छ
बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्नेलाई मुुटुसँग सम्बन्धी विभिन्न समस्याको सम्भावना न्यून हुन्छ । व्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर वीइसवर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा ह्दयघातको खतरा अत्यन्तै कम हुन्छ । ‘जहाँसम्म मुटुको सवाल छ, सेक्स अर्को प्रकारको व्यायाम पनि हो,’ गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङसन एशोशियसनका अध्यक्ष डा। ग्राहम ज्याक्सन भन्छन्, ‘फिटनेसको सन्र्दभमा भन्ने हो भने एक पटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नु जस्तै हो ।’ यति तपाई यति काम गर्न सक्नुहुन्छ भने सेक्स गर्दा कुनै खतरा देखिदैन,’ उनी थप्छन् । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ । यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना, सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० वर्षसम्मका १ हजार पुरूषमा १६ वर्षसम्म गरिएको अध्ययन पछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रूपमा समेत मानिस स्वस्थ रहने समेत अनुसन्धानले देखाएको छ । आफ्नो मायालुसँग विताएको क्षणले पुरूषलाई भावनात्मक रूपमा समेत फाइदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।

४) मुड फ्रेस बनाउँछ
माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । सेक्सको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो जोडिप्रति बढी इमान्दार बन्न, शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ । एक आपसमा माया साटासाट गरेको २० मिनेटपछि अक्सवाईटोकिन हर्मन निस्कन्छ । पुरुषको तुलनमा यस्तो हर्मोन महिलामा चार गुणा बढी निस्कन्छ । त्यस्तै, सेक्सपछि सेरोटोनिन नामक अर्को हर्मोन पनि उत्पादन हुन्छ । यस हर्मनले मानिसलाई बढी खुसी र हँसिलो बनाउछ ।

५) उर्वरता बढाउछ 
नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतारा पनि कम हुन्छ । ‘नियमित वीर्य फालिरहँदा वीर्यको गतिमा तीब्रता आउछ जसका कारण वीर्य उर्वरताका लागि छिटो भन्दा छिटो अन्डासयसम्म पुग्छ,’ मिडल्यान्ड फर्टिलिटी सर्भिसका मेडिकल निर्देशक डा गिलियान लकउड भन्छिन् । ‘जब उर्वरताको कुरा आउछ, हरेक रात सेक्स गर्नु उपयुक्त हुन्छ । अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।


loading...