MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कागती सेवनका १० फाइदाहरु

Published Date: 2017-05-02 00:00:00



कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । भिटामिन ुसीु पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पुयाउँछ । कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यस्ले खानामा मात्र स्वाद बढाउँने नभै यस्मा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ ।

कागती खानुका फाइदाहरु

१। कागतीमा भिटामिन सी प्रशस्तै हुने भएकाले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

२। दैनिक रुपमा कागतीपानी पिएमा पथ्थरी बन्न पाउँदैन र बनेको पथ्थरीलाई पनि हटाउँछ ।

३। कागतीले एन्जाइम प्रदान गर्ने भएकाले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

४। यसले जोर्नीहरुको दुखाईलाई कम गराउनुका साथै युरिक एसिड हटाउँछ ।

५। कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ ।

६। शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।

७। कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।

८। कागतीको बोक्रालाई पिंधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ।

९। जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।

१०। डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।


loading...