MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अनुष्का बंगाली फिल्म खेल्दै

Published Date: 2017-05-03 00:00:00



आफ्नो होम प्रोडक्सनमा बनेको फिल्म ‘फिल्लौरी’ मा पञ्जाबी अभिनेता दिलजीत दोसाँझसँग काम गर्ने अभिनेत्री अनुष्का शर्मा अब ‘परी’ फिल्ममा बंगाली अभिनेता परमब्रत चक्रवर्तीसँग काम गर्न तयार भएकी छिन् । अनुष्काको होम प्रोडक्सनमा बन्ने यो तेस्रो फिल्म हुनेछ । आफ्नो जन्मदिनमा अनुष्काले परी फिल्म बनाउन लागेको कन्र्फम गरेकी थिइन् । 


प्रोसितले निर्देशन गर्न लागेको यो पहिलो फिल्म हो । परम बंगाली फिल्म उद्योगका परिचितत अभिनेता हुन् । यसअघि उनले बलिउडको ‘कहानी’ मा विद्या बालनसँग काम गरिसकेका छन् । उनले अनुष्काको फिल्ममा काम गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन् । ‘यो फिल्मप्रति म एकदम आशावादी छु, र सुटिङको दिन पर्खिरहेको छु,’ उनले भने । प्रोसित रायको निर्देशनमा बन्ने यस फिल्मको सुटिङ आगामी जूनमा सुरु हुनेछ । 

loading...