MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रामलीला सम्वादमा किन दीपिका रोइन

Published Date: 2017-05-03 00:00:00



दीपिका र भंसालीको सहकार्य निकै राम्रो पनि भएको छ । रामलीला र बाजीराव मस्तानी पछि हाल यी दुई सिनेमा पद्मावतीमा काम गरिरहेका छन् । अहिले त भंसाली दीपिकाका प्रिय निर्माता नै बनिसकेका छन् । हालै मात्र दीपिका सिनेमा रामलीलामा काम गर्ने समयमा भंसालीले सम्वाद परिवर्तन गरिदिएका कारण रोएको खुलासा भएको छ । 


भंसालीले सिनेमा गोलियोँकी रासलीला रामलीलामा केही सम्वादहरु परिवर्तन गरेका थिए । छायाकंनको पहिलो दिन अन्तिम चरणमा सिनेमाका सम्वादहरु परिवर्तन भएका कारण दीपिकालाई असहज भएको थियो जसले गर्दा उनी रोएकी थिईन् । यसको खुलासा सम्वाद लेखक गरिमा बहलले गरेकी हुन् । यस सिनेमामा गरिमा बहल र सिद्धार्थ सिंहले लेखेका हुन् । 


गरिमाका अनुसार दीपिका सम्वाद कण्ठ पार्न माहिर छिन् । तर त्यस दिन अचानक संजयले सम्वादहरु परिवर्तन गरिदिँदा उनलाई गाह्रो भएको थियो ।

loading...