MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंकाको सर्वाधिक लामो ‘ट्रेन्च कोट’

Published Date: 2017-05-03 00:00:00



बलिउड नायिका प्रियंका चोपडा पछिल्लोपटक मेट गालामा उनको अनौठो पहिरन फेरि एकपटक चर्चाको विषय बनेको छ ।प्रियंका अभिनित हलिउड फिल्म ‘बेवाच’ प्रदर्शनको मिति नजिकिँदै गर्दा सहभागी भएकी प्रियंकाले लगाएको ट्रेन्च कोटको लम्बाइका कारण उनी एकपटक फेरि चर्चाको विषय बनेकी हुन् । उक्र सभामा उनले लगाएको ट्रेन्स कोटलाई संसारकै सबैभन्दा लामो भनिएको छ ।


यसबारे अन्तर्राष्ट्रिय मिडिया र सोसल मिडियामा गस्सिप सुरु भइसकेको छ । न्युयोर्यकमा सम्पन्न कार्यक्रममा हग ज्याकमेन, जेनिफर लोपेज, सेलेना गोमेज, फेरल विलियम्सजस्ता कलाकारमाझ उपस्थित प्रियंका कार्यक्रमकै आकर्षणको केन्द्र बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

loading...