MJ Radio
Facebook Twitter Youtube Skype
Flag

महानगर बाट केकी आउट कर्मको साथमा मेनुका

Published Date: 2017-05-04 00:00:00



चलचित्र "महानगर" ले राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफ्नो औपचारिक घोषणा गरेको छ। मोहन राईले निर्देशनमा बन्न लागेको चलचित्र बैशाख २७ बाट छायांकनमा उत्रिने छ।

चलचित्रमा पहिलो पटक मेनुका प्रधान र कर्मले स्क्रिन शेयर गर्नेछन् । काठमाडौँ महानगर अर्थात काठमाडौँ जस्तै महानगरको किनारामा बस्ने मानिसको दुख, पिडा र एक्लोपनलाई चलचित्रमा देखाइनेछ । चलचित्रमा कलाकार छनोट युवराज घिमिरे र रेनुका कार्कीले गरेका हुन्। यसअघि यो फिल्मको लागि केकी अधिकारीको नाम मिडिया आएको थियो।चलचित्रका कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नरेन्द्र मैनालीले फिल्म खिच्नेछन्।

मानिस(मानिसबीच हुन सक्ने संवाद र प्रेम अनि हरेक निराशाबीच पनि पलाउन सक्ने आशको कथा हो महानगर।


loading...