MJ Radio
Facebook Twitter Youtube Skype
Flag

४० बंगलादेशी बाहुबली २ हेर्न प्लेन चार्टर्ड गरेर आए

Published Date: 2017-05-04 00:00:00



भारतमा धुम मच्चाइरहेको बाहुबली २ को प्रभाव छिमेकी देशहरुमा पनि फैलिएको छ । हालै मात्र बंगलादेशबाट ४० जना दर्शक यो फिल्म हेर्न प्लेन चार्टर्ड गरेर कलकत्ता आएका छन् । ती फ्यानमध्येका एक जनाले कटप्पाले बाहुबलीलाई किन मार्‍यो भनेर जान्न यति दुख गरेर आएको भारतीय सञ्चारमाध्यमलाई बताए ।


गत शुक्रबार रिलीज भएको बाहुबली २ ले चार दिनभित्रै ६ सय २० करोड रुपैयाँ कमाएर सनसनी मच्चाएको छ । ‘हामी दुई वर्षदेखि बाहुबली २ को प्रतिक्षामा थियौं,’ उनले भने, ‘हामी यही जान्न व्यग्र थियौं कि कटप्पाले बाहुबलीलाई किन मार्‍यो ।’ यो फिल्म विश्वव्यापीरुपमा ९ हजार स्क्रिनमा रिलीज भएको थियो । यसमा प्रभश, राणा दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्णन लगायतको अभिनय रहेको छ ।

loading...