MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अभिनेत्री प्रियंका कार्कीले नयाँ कार

Published Date: 2017-05-04 00:00:00



अभिनेत्री प्रियंका कार्कीले नयाँ कार किनेकी छिन् । आफूले कार किनेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी छिन् । ‘मेरो नयाँ कार’ भन्दै उनले एक तस्वीर सेयर गरेकी छिन् जसमा उनी निकै हर्षित मुद्रामा देखिएकी छिन् ।प्रियंकाले टाटा जेस्ट किनेकी हुन् । 


प्रियंकाले झण्डै दुई वर्ष अघि मात्रै ४० लाखको कार किनेकी थिईन् । उनले कार किनेपछि निकै झमेला पनि भएको थियो । धेरैले उनलाई भुकम्प पीडितको लागि पैसा उठाएर कार किनेको आरोप लगाएका थिए । तर प्रियंकाले भने त्यो आरोप बिल्कुलै गलत भएको स्पष्टिकरण दिएकी थिईन् ।

loading...