MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंकाको ‘काशी अम्मरनाथ’ मा जेनिशा

Published Date: 2017-05-05 00:00:00



जेनिशाकोसामाजिक सञ्जाल हेर्ने हो भने पछिल्लो समय धेरै जस्तो भारतीय कलाकारहरुसँग समय बिताएको देखिन्छ । कारण उनी भारतमै कलाकारितामा केही गर्ने हिसाबले त्यहाँ पुगेकी थिईन् । भारतीय कलाकार बन्ने जेनिसाको चाहना अभिनेत्री प्रियंका चोपडाले पूरा गरिदिएकी छिन् । उनले प्रियंका चोपडाको कम्पनीबाट बनिरहेको भोजपूरी चलचित्रमा काम गर्ने अवसर पाएकी छिन् ।


यस चलचित्रमा उनले भोजपूरीका सुपरस्टार रवि किसनसँग पर्दा बाँडेको जानकारी छ । उनी नै चलचित्रको मुख्य कलाकार भएका कारण अब चलचित्र छायांकने लागि गोवा जाँदैछिन् । प्रियंकाले चलचित्रका लागि कलाकार खोजीरहेको समयमा जेनिशाले पनि अडिशन दिएकी थिईन् जसमा उनी पास भईन् र चलचित्रमा काम गर्ने अवसर पाईन् । यो चलचित्रको नाम ‘काशी अम्मरनाथ’ राखिएको छ । यसमा सन्तोष मिश्रको लेखन तथा निर्देशन रहनेछ । यस चलचित्रमा केही बलिवुड कलाकारले पनि काम गर्नेछन् ।

loading...