MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक कुलेन्द्र बिकले जय कुलमान भन्दै गीत गाए

Published Date: 2017-05-05 00:00:00



प्रियशी म्युजिक प्रालिको प्रस्तुति तथा बबिता पुरी र राजेन्द्र पुरीको बजार ब्यावस्थापनमा “जय कुलमान” बोलको गीत सार्बजनिक भएको हो । चर्चित लोक गायक कुलेन्द्र बिकको आवाजमा सार्बजनिक सो गीतमा नेपालि राष्ट्रिय पोसाक सहित नेपालको झण्डा फर्फराउदै चर्चित कलाकारहरुलाई भिडियोमा प्रस्तुत गरिएको छ । लोक गायन क्षेत्रमा यति धेरै चर्चित कलाकारहरु समाबेश गरेर तयार पारिएको सम्भबत यो पहिलो भिडियो हो । 


निमा घिसिङ्ग तामाङ्गको गहकिलो तथा प्रसंशापुर्ण सब्द समाबेश उक्त गीतमा रोबर्ट छिस्टेलको संगीत रहेको छ भने गीतमा लय रोबर्ट छिस्टेल र गायक कुलेन्द्र बि क को रहेको छ ।लोक गायन क्षेत्रमा चर्चित मोडल संकर बि सी, शिबन पोख्रेल, पार्वती राई , दुर्गेश थापा, महेन्द्र गौतम, आशा खड्का, सुरबीर पण्डित, शिवहरी पौडेल, यादव देवकोटा “सरापे” र बिमल अधिकारी जस्ता चर्चित कलाकारहरुलाई प्रस्तुत गर्दै आफै पनि भिडियोमा देखिएका छन् यस भिडियोका निर्देशक काजिश श्रेष्ठ । सागर गौतमको छायांकन रहेको भिडियोलाई अविनाश डि सी ले सम्पादन गरेका छन्।



loading...