MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसलाई आइदेऊ, माया लाइदेऊ भन्दै छिन् रेखा

Published Date: 2017-05-06 00:00:00



रेखा सुमधुर स्वरकी धनी त त्यसैछिन्, शब्द र संगीतको भावमा डुबेर गीत गाउन पनि खप्पिस छिन् । थोरै गाउने तर परिष्कृत गीत गाउने घिमिरेको स्वर कुनै व्यवसायिक गायक/गायिका भन्दा कम छैन । तीन वर्षअघि ‘खुसी’ एल्बम सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो गायकीको सशक्त छाप छाडेकी घिमिरे यसपालि ‘रेखा’ एल्बमको तयारीमा छिन् ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी अध्यक्ष समेत रहेकी गायिका घिमिरे युएईमा रहेर पनि संगीतको गहिरो ज्ञान भएकी र श्रृतिमधुर गीतकी सर्जक गायिकाको रुपमा परिचत छिन् ।

उनै घिमिरेको स्वरमा सजिएको एक गीतको भिडियो वैशाख १२ मा सार्वजनिक भएको छ । आकर्षक सेटमा तयार भएको उक्त भिडियो परम्परागत ट्रेन्डभन्दा फरक शैलीको छ । पासाङ योन्जन लामाको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा नायिका वर्षा शिवाकोटी र दिपक घिमिरेको अभिनय रहेको छ । सीमा गुरुङको मेकअप, विज्ञान र सुमनको सहनिर्देशन, ज्ञानेन्द्र शर्माको छायांकनमा बनेको म्युजिक भिडियो युट्युबमा दिनानुदिन लोकप्रिय बन्दै गएको छ ।

उक्त गीतको भिडियो ‘आइदेऊ माया लाइदेऊ’ बोलको पपगीतको रचना गोविन्दप्रसाद उपाध्यायले गरेका हुन् भने संगीत स्वयम् गायिकाको रहेको छ । उक्त गीतको म्युजिक एरेन्ज राजन इसानले गरेका हुन् ।प्रवीन श्रेष्ठको सम्पादनमा तयार भएकोे उक्त भिडियोले गीतको भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गायिका घिमिरेले बताइन् । 



loading...