MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पेनड्राइभमा पासवर्ड यसरी लगाउनुहोस

Published Date: 2017-05-07 00:00:00



प्रविधिको युगमा पेनड्राइभको महत्व सबैलाई थाहै छ । सानो सामान भए पनि पेनड्राइभको काम ठूलो छ । आफ्ना महत्वपूर्ण डाटा सुरक्षित स्टोर गर्न सकिने पेनड्राइभलाई सुरक्षित बनाउनु पहिलो कर्तव्य हो । पेनड्राइभमा पासवर्ड राखिदिएर लक गर्न सकिन्छ । कुनै एडिसनल सफ्टवेयरविना पनि लक गर्न सकिन्छ । तर, यो काम विन्डोज सेभेन अल्टिमेट ओएस र यसको अपरेटिङ सिस्टममा मात्रै गर्न सकिन्छ । पुरानो कुनै भर्सनबाट सम्भव छैन । कम्प्युटर टेक्निसियन युवराज भट्टराई भन्छन् ।

कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् । पेनड्राइभमा डाटा छ भने स्क्यान गर्नुहोस्, खाली छ भने फम्र्याट हानिदिनुहोस् । यसपछि राइट क्लिक गर्नुहोस् । ‘टर्न अन बिटलकर’ रोज्नुहोस् ।

अब, एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ । ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।आफ्नो इच्छाअनुसार पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् । फेरि एक विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्नका लागि सोधिएको हुन्छ । एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ । अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् । कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसनमा जानुहोस् । लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गरिदिनुहोस् ।

यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ तपाईं ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् । जबसम्म ‘स्टार्ट इन्क्राइप्टिङ’ अप्सन आउँदैन, तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ । एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् । अब पेनड्राइभ लक भएको पाउनुहुनेछ । विनापासवर्ड खोल्न सक्नुहुन्न 

नयाँ पत्रिकाबाट

loading...