MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कोशिस र नम्रताको जिन्दगानी ‘पर्व’मा

Published Date: 2017-05-07 00:00:00



चलचित्र ‘पर्व’को प्रमोशनल गीत ‘काले दाई’ ले १ करोड भ्युअर्स पाईसकेको छ। चर्चा पाए लगातै चलचित्रले अर्को दोस्रो गीत ‘जिन्दगानी तिमी’ सार्वजनिक भएको छ। गीतमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता कोशिस क्षेत्रीलाई फिचरिङ गरिएको छ।

कोशिस क्षेत्रीको शब्द र संगीतमा गीतमा केतन क्षेत्रीको आवाज रहेको छ। चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। दिनेश राउतको निर्देशनमा बनेको चलचित्रलाई सुवास गिरी र निकिता पौडेलले मिलेर निर्माण गरेका हुन्।

गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।



loading...