MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हरिबहादुरको चिना हराएको मान्छे’ पछि ‘हरिबहादुर’

Published Date: 2017-05-08 00:00:00



हाँस्यकलाकार तथा उपन्यासकार हरिवंश आचार्यले दोस्रो पुस्तक शनिबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै हरिवंश र मदन कृष्ण श्रेष्ठ अर्थात मह जोडीले ‘हरिबहादुर’ सार्वजनिक गरेका हुन् । 

हरिवंशले यस अघि आत्मकथा ‘चिना हराएको मान्छे’ सार्वजनिक गरिसकेका छन् जसलाई पाठकले खुबै रुचाएका थिए । लेखक हरिका अनुसार ‘हरिबहादुर’ पुस्तकमा एक चतुर पात्रलाई उतारिएको छ । उनले चिना हराएको मान्छेमा समेट्न नसकेका कुराहरु यसमा समेटेको बताएका छन् ।

‘हरिबहादुर’मा १५ प्रतिशत विषय उनको हरिबहादुर चरित्रलाई उतारिएको छ भने बाँकी नयाँ छ । हरिबहादुरलाई फाईन प्रिन्टले प्रकाशन गरेको हो । यहि संस्थाको टिमसँगै आचार्य जेठ ११ देखि पुस्तक यात्राको क्रममा चितवन, पोखरा, बुटवल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, विर्तामोड, विराटनगर, धरान र सिन्धुलीमा जानेछन् जहाँ उनले पाठकसँग प्रत्यक्ष भेट र प्रहसन गर्नेछन् ।


loading...