MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फातिमा शेखलाई आमिरले दिए अर्को मौका

Published Date: 2017-05-08 00:00:00



आमिरको आगामी चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ मा फातिमाले अभिनय गर्ने पक्का भएको छ। उनले चलचित्र दंगलबाट आफ्नो करिअर सुरु गर्ने अभिनेत्री फातिमा सना शेखलाई आमिर खानले अर्को मौका दिएका छन्।

चलचिका लागि श्रद्धा कपूरको नाम पनि चर्चामा थियो । यसैगरी आलिया भट्टले बाजी मार्न सक्ने अनुमान पनि गरिएको छ । तर, अब सबै चर्चा र अनुमानहरुलाई मत्थर पार्दै फातिमाले चलचिमा खेल्ने यशराज फिल्म्सले पुष्टी गरेको छ । केही दिन अगाडि फातिमाले यस चलचित्रका लागि लुक टेस्ट पनि दिएकी थिइन् र अब उनले आमिर खान र अमिताभ बच्चनसँगै काम गर्ने सुनौलो मौका पाएकी छिन्।

ठग्स अफ हिन्दोस्तानको सुटिङ यसै वर्षको जूनमा सुरु हुनेछ र यो चलचित्र अर्को वर्षको दिवालीमा रिलिज हुन सक्ने बताइएको छ ।


loading...