MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सोनीकृत नयाँ पप गीत तिमीलाई सम्झेर

Published Date: 2017-05-08 00:00:00



पछिल्लो समयमा सोनीकृत नयाँ पप गीत तिमीलाई सम्झेर बजारमा आएको छ । गीतको चर्चा, परिचर्चा दिनप्रतिदिन चुलिदै गईरहेको छ । म्यूजिक नेपालको यूट्यूव च्यानलबाट बजारमा आएको गीतको चर्चा दिनप्रतिदिन चुलिदो छ । लोकगीतसंगीत, आधुनिक संगीतमा लामो अनुभव गरेका सोनीले फरक शैली र फरकपनको आभाष गराउने गीत बजारमा ल्याएका हुन । 


प्रस्तुत गीतमा तिमीलाई सम्झेर प्रेमिल प्रसंगहरुको सेरोफेरोमा रहेर प्रेमिल जोडीहरुको भावना व्यक्त गरिएको छ । सोनी यसमा बहुमूखी प्रतिभाका रुपमा देखा परेका छन् । प्रस्तुत गीतको लेखन, संगीत÷संयोजन, स्वर लगायतका सम्पूर्ण भूमिकामा उनी आफै उभ्भिएका छन्, त्यति मात्र कहाँ होर गीतको कथालाई न्याय गर्ने निर्देशन र अभिनयमा समेत सोनी आफै अब्बल रुपमा प्रस्तुत भएका छन् । सायद यति भनि सके पछि सोनीको क्षमता र बहुमुखी प्रतिभाको थप चर्चा गर्नु नपर्ला । 


फुलबारी म्युजिक प्रा।लि ले उत्पादन गरेको प्रस्तुत गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको भिडियो रेशम दर्लामीले खिचेका हुन । सोनीकै निर्देशनमा माला उप्रेतीले सोनीलाई अभिनयमा साथ दिएकी छन् ।



loading...