MJ Radio
Facebook Twitter Youtube Skype
Flag

खुट्टा गनाउछ एस्तो गर्नुस

Published Date: 2017-05-08 00:00:00



गर्मी समयमा शरिरबाट पसिना आउने गर्छ । त्यसले गर्दा जुत्ता लगाउँदा खुट्टाबाट गन्ध आउने गर्छ ।गन्ध आउन नदिने उपाय भनेको नियमित रुपमा खुट्टा धुनु तथा सफा मोजाको प्रयोग गर्नु हो ।साथै शरिरलाई आवश्यक पानी पिउनु पनि आवश्यक छ ।वास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ ।

हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ । अर्को उपाय भनेको बेकिंग सोडाले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ ।हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।फिटकिरीले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

loading...