MJ Radio
Facebook Twitter Youtube Skype
Flag

खगेन्द्रको ‘धनपति’को फस्ट लुक पोष्टर रिलिज

Published Date: 2017-05-08 00:00:00



असार २३ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘धनपति’को फस्टलुक रिलिज गरिएको छ। मोसन पोष्टरको रुपमा सार्वजनिक गरिएको प्रचार सामाग्रीमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्तको लुक्स देखाइएको छ।

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै साथै खगेन्द्र लामिछानेको लेखन समाबेश छ। ओम गुरुङ सहायक निर्माता रहेको चलचित्रमा रजना नापित र समीर देवकोटा सह(निर्माताको रुपमा छन् भने रोजिना सिटौलाको लगानी रहेको छ।


loading...