MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हाँस्य कलाकार जितु नेपालले कसलाई ‘पिरतीको चश्मा’ लाउदै छन्

Published Date: 2017-05-08 00:00:00



युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा जितु नेपालले जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा काम गरेका हुन् । जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए । जितुलाई पहिले पनि म्युजिक भिडयोहरुमा खेल्ने अफर नआएको भने हैन । तर उनले म्युजिक भिडियो खेल्न खासै चासो देखाएनन् । 


यो भिडियोमा भने आकर्षण भन्दा पनि साथी भाईलाई सहयोग गर्ने हेतुले उनले काम गरेका हुन् । आफूलाई एकदमै मन पर्ने हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले राम्रो गीत गाएका रहेछन् भन्दै उनले गीत मन परेका कारण यसमा काम गरेको बताए । यस गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । 


भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाल लगायतको अभिनय छ । राजुबाबु श्रेष्ठको शब्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । राजा राजेन्द्रले गाएको यो गीतमा राजन ईशानले संगीत संयोजन गरेका छन् भने यस नृत्य प्रधान भिडियोका निर्देशक माईकल चन्द हुन् ।



loading...