MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायिका स्वस्तीमा खड्का र प्रदीप मोटरसाईकलमा घुम्दै

Published Date: 2017-05-09 00:00:00



‘मोटरसाईकलमा’ बोलको गीतमा नायिका स्वस्तीमा खड्का , प्रदीप खड्का, अश्लेशा ठकुरी लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । प्रदाप दास र ईन्दिरा जोशीको आवाजमा सजिएको यो गीतमा एलिस कार्कीको संगीत छ भने राजेश कुमार श्रेष्ठ र बबिनका शब्द । स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेर ‘मोटरसाईकलमा’ बोलको गीत तयार पारेका छन् जुन नेपालीका लागि बिल्कुलै नयाँ स्वाद हो । 


संगीतकारका अनुसार क्लब गीतलाई स्कटिस फ्लेवरमा कम्पोज गरिएको हो । एलिस नेपाली अडियन्सले यो गीतलाई मन पराउनेमा विश्वस्त छन् । नेपाल थाईल्याण्ड तथा वर्मामा छायाकंन गरिएको यो सिनेमाको शीर्ष गीत केही समय अघि मात्रै रिलिज गरिएको थियो जसलाई अडियन्सले खुबै रुचाएका छन् । राम शरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माण रहेको ‘प्रेम गीत २’ साउन १३ मा प्रदर्शन हुँदैछ ।



loading...