MJ Radio
Facebook Twitter Youtube Skype
Flag

छुल्ठिम गुरुङको रोमान्स ‘डायरी’ मा ‘कस्तो हो यो’ भन्दै

Published Date: 2017-05-09 00:00:00



फिल्म ‘डायरी’ को रोमान्टिक गीत ‘कस्तो हो यो’ बोलको भिडियोमा डल्ली अर्थात् नायिका छुल्ठिम गुरुङ र नव नायका सन्नी सिंहबिचको केमेस्ट्रीलाई देख्न सकिन्छ । पोखराको सुन्दर दृश्यमा खिचिएको स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र रजिना रिमालको स्वर छ । 


कोरियोग्राफी शिशिर खातीको रहेको भने कस्ट्युम डिजाइन कमल मानन्धरको छ । अनिल योञ्जनको निर्देशन रहेको फिल्म ‘डायरी’ मा नायिका रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शिव राम श्रेष्ठको छायाँकन छ । पटकथा तथा संवाद निर्देशक योञ्जन र छेतेन गुरुङको हो ।



loading...