MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘म यस्तो गीत गाउँछु’ को अडियो जुकबक्स सार्वजनिक

Published Date: 2017-05-09 00:00:00



असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को अडियो जुकबक्स सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र मा ३ गीत समाबेश छन्।

संगीतकार अर्जुन पोख्रेलले तयार पारेका संगीतले केही बर्षयता राम्रै बजार पिटिरहेका छन्। दर्शक, स्रोताहरुको मनलाई स्पर्श गर्ने संगीत तयार पार्न माहिर मानिने अर्जुन एकपछि अर्को गीतबाट आफुलाई उत्कृष्ट संगीतकारको रुपमा उभ्याउँदै गएका छन्। उनै, संगीतकार पोख्रेलले फेरि एक पटक आफ्नो संगीतमा अब्बलता देखाएका छन्। सार्वजनिक गीतमा संगीतकार अर्जुन पोख्रेलकै संगीत रहेको छ । जसमा ‘भन्छु आज मनका कुरा’, ुकहाँ छ रु, ुकिन आजकल तिम्रो मनु बोलका गीत समावेश छन्।

पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ। यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ।

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। सार्वजनिक पहिलो शीर्ष गीत सभन्छु आज मनका कुरा’ ले आफ्नो छुट्टै उचाई बनाइसकेको छ।


loading...