MJ Radio
Facebook Twitter Youtube Skype
Flag

२३ दिनमा चलचित्र ‘कथा काठमाण्डु’ को छायांकन समापन

Published Date: 2017-05-10 00:00:00



भीजे संगीता श्रेष्ठले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘कथा काठमाण्डु’ को छायांकन २३ दिनमा सकिएको छ। मंगलबारबाट फिल्मको सम्पूर्ण छायांकन सकिएको संगीताले उल्लेख गरेकी छिन्। संगीताले भनिन्(‘हामीले ३ चरणमा चलचित्रको छायांकन गरेका छौ।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ। संगीताले भनिन्(‘यो चलचित्र भित्र ३ वटा कथा छ। तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासँग छ। हामीले नेपाली चलचित्रमा पहिलो पटक यस्तो कथामा चलचित्र बनाएका छौ। 


उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यासँग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसँग छ। आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ। चलचित्रको छायांकन सकेसँगै यसको निर्माणपक्षले केही तस्बिर समेत मिडियालाई उपलब्ध गराएको छ।


loading...