MJ Radio
Facebook Twitter Youtube Skype
Flag

७ बर्षपछि चलचित्र "रुद्रप्रिया" बाट दुईको मिलन

Published Date: 2017-05-11 00:00:00



करिब ७ बर्षपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल एक भएका छन्। चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए थिए। यहिँ चलचित्र पछि बजारमा उनीहरुको सम्बन्ध विग्रिएको हल्ला खुबै चल्यो। यति मात्र होइन आर्यन र रेखाले एकअर्काको आलोचना गर्दै पनि हिँडे ।

अन्ततः सात बर्षपछि सबै दुश्मनी भुलेर रेखा र आर्यनले एउटै चलचित्रमा काम गर्ने फाइनल भएको छ। जेष्ठ ४ गतेबाट फ्लोरमा जान लागेको रेखा थापाको होम प्रोडक्शनको चलचित्र ुरुद्र प्रियाु मा लिड रोलमा फाइनल भएका छन्। चलचित्रमा आर्यन रुद्र र रेखाले प्रिया को भूमिका निर्वाहा गर्नेछन्। रुद्रप्रिया मा अनुवन्धित भएपछि मिडियासँग बोल्दै आर्यनले भने, हामी दुईको सम्बन्धको विषयमा बाहिर जस्ता खाल्का खबरहरु आए, त्यस्तो केहीँ पनि भएको थिएन । हामीले एकअर्कासँग काम गर्न नचाहेका होइनौं मात्र सही समय आएको थिएन।


loading...