MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वस्तिमाकी आमाको भूमिका निर्वाहा गर्दै प्रियंका

Published Date: 2017-05-12 00:00:00



चलचित्र "छक्का पन्जा" को सिक्वेल "छक्का पन्जा २" को छायांकन धमाधम भैरहेको छ। नेपालकी नम्बर १ नायिका प्रियंका कार्की छक्का पन्जा २ु को शुभमुहूर्त समारोहमा उपस्थित थिइनन् तर यति बेला उनि छायांकनमा व्यस्त छिन्। चलचित्रमा उनि नायिका स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाहा गर्दैछिन्।

असोज ११ गतेलाई रिलिज डेट फाइनल गरिएको चलचित्रलाई दोस्रो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन्।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ। चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक(दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो चलचित्रको लिड कलाकारको रुपमा रहेका छन्। छक्का पन्जामा दीपकराज गिरीसँग विवाहको नाटक गरेर अन्तिममा शिवहरी पौडेलकी श्रीमती बनेकी प्रियंकाले "छक्का पन्जा २" मा छोरी स्वस्तिमालाई जन्मदिएकी छिन्।


loading...