MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दंगलले चीनमा ५ दिनमा सय करोड कमायो

Published Date: 2017-05-12 00:00:00



चीनको सोसल मिडियामा पनि दंगलको खुब चर्चा छ । #LetsWrestleDadफिल्मको चाइनिज नाम ह्यासट्याग राखेर चिनियाहरु विभिन्न प्रतिक्रिया लेखिरहेका छन् । अहिलेसम्म यस ह्यासट्यागमा बीबोमा एक लाख १० हजार सन्देश आएसकेको बताइएको छ ।चिनियाँ निर्देशक फेंग शियागाङले पनि यो फिल्म हेरेर बीबोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘मेरा साथीले मलाई भनेका थिए कि यो भारतीय फिल्म हेर्नलायक छ । म आफ्ना २० जना साथीहरु लिएर फिल्म हेर्न गएँ । 


जब फिल्म अन्त्य भयो मेरा ७(८ जना साथीहरु शौचालयतर्फ दोडिए । उनीहरु सबै पिशाबसमेत रोकेर बसेका रहेछन् ।’ चिंगहुवा यूनिभर्सिटीका प्रोफेसर यिन हांङ फिल्म समिक्षक पनि हुन् । उनले बेइजिङ इभनिङ न्यूजसँगको कुराकानीमा भने, ‘दंगलजस्तो फिल्मका अगाडि चिनिया फिल्म फितला सावित हुन्छन् । यसले चिनिया फिल्मलाई पाठ सिकाएको छ । 


दंगललाई बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिबलमा देखाइएको थियो । आमिर औंलामा गन्न सकिने भारतीय अभिनेता हुन् जसका फ्यान चीनमा पनि छन् । केही वर्षअघि आएको उनको फिल्म थ्री इडियट्स चीनमा निकै मन पराइएको थियो । ज्याकी चेनले पनि फिल्मको तारिफ गरेका थिए ।सलमान खानको आगामी फिल्म ट्यूबलाइटमा चिनीया अभिनेत्रीले अभिनय गरेकी छिन् र यसको सुटिङ भारतमा भइरहेको छ ।

loading...