MJ Radio
Facebook Twitter Youtube Skype
Flag

शाहिदले पत्नी मीरालाई बलिउडमा डेब्यु गराउदै

Published Date: 2017-05-13 00:00:00



सायद बलिउड अभिनेताका पत्नीहरुमध्ये विवाह पछि यति धेरै लाईमलाईटमा आउने मीरा नै हुन् । शाहिदसँग विवाह गरेर एक सन्तानकी आमा बनेकी मीरा हाल बलिउड डेब्युको तयारीमा जुटेको बुझिन्छ । भारतको एक चर्चित अनलाईन पोर्टलका अनुसार उनी आजकाल प्राय शाहिदका म्यानेजरसँग हुन्छिन् ।


केही समय अघि मात्रै शाहिदले मीरालाई बलिउडका केही नामी निर्माता तथा निर्देशकहरुले सिनेमाको प्रस्ताव राखिसकेको बताएका थिए । त्यस्तै मीराले पनि आफूलाई अभिनयमा रुची भएको भन्दै बलिवुडमा आउन मन लागेको कुरा सेयर गरिसकेकी छिन् ।मीराको तयारी अनुसार उनको बलिउड डेब्युको आधिकारिक खबर पनि छिट्टै नै आउने अनुमान लगाईएको छ ।

loading...