MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ट्युबलाईट’को रिलिज भन्दा पहिले एक सय ३० करोड कमाई

Published Date: 2017-05-14 00:00:00



सलमान खानको सिनेमा ‘ट्युबलाईट’ले रिलिज भन्दा पहिले एक सय ३० करोड भारतीय रुपैयाँ कमाएको छ । भारतीय सञ्चार माध्ययमका अनुसार ‘ट्युबलाईट’को वितरण अधिकार एन एच स्टुडियोले किनेको छ । गुजरात र राजस्थानमा सिनेमाको वितरण अधिकार १ सय ३० करोडमा विक्रि भएको हो । थियटर ओनर्स र वितरकहरुले मिनिमम ग्यारेन्टि पनि दिईसकेका छन् । 


यस सिनेमालाई आमिर खानको ‘दंगल’ भन्दा धेरै एम जी दिईएको छ । सिनेमाको ओभरसिज राईट्स किन्नको लागि यशराज फिल्मस र फक्स स्टार जस्ता ठूला प्रोडक्शन हाउस लाईनमा छन् । कबिर खानको निर्देशनमा बनेको यस सिनेमामा सलमान खान, चिनिया अभिनेत्री जुजु र शोहेल खानको मुख्य भूमिका छ ।

loading...