MJ Radio
Facebook Twitter Youtube Skype
Flag

वैदेशिक रोजगारीकै कथामा कालिप्रसादको अर्को गीत “ल्यैदिउल तिल्हरि”

Published Date: 2017-05-15 00:00:00



गायक मनिष ढकालको आवाजमा रहेको नयाँ गीत “ल्यैदिउल तिल्हरि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरल शब्द, सरस धुन र सुहाउँदो गायकी छान्न सक्ने खुबी भएका कालिले साइँलीमा जस्तै ‘तिलहरी’ गीतमा पनि वैदेशिक रोजगारीकै कथा समातेका छन्। सार्वजनिक गीतमा काली प्रसाद बास्कोताको शब्दर संगीत रहेको छ भने रिकेश गुरुङको एरेन्ज गरेका छन्।

साइँली गीतमा युवक विदेश जाने अघिल्लो रातदेखि विदेश गइसकेपछिको कथा समेटिएको थियो भने यसमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथा भनिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा कमेश्वोर चौरसिया र लक्ष्मी बर्देवको अभिनय रहेको छ। भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेको सम्पादन गरेका छन्। 



loading...