MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वादको लागी मात्र होइन स्वास्थ्यका लागी पनि सेवन गरौँ

Published Date: 2017-05-16 11:29:23



अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ। अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । 


अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ। अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ। अमला सेवनका फाइदाहरु यस प्रकारका छन् स्

१) प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ।

२) दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ।

३) अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ।

४) दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।

५) अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ साथै किड्नी संग
सम्बन्धित रोगहरु लाग्दैनन ।

loading...