MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रभास र कट्रिनाको रोमान्स साहो’ मा

Published Date: 2017-05-16 00:00:00



फिल्मको सफलतापछि ‘बाहुबली’ को भूमिका निर्वाहा गरेका प्रभासको डिमान्ड अहिले ह्वात्तै बढेको छ । उनको नयाँ फिल्म ‘साहो’ हो, जसको टीजर पनि सार्वजनिक भैसकेको छ । अब खबर यो छ कि यो फिल्ममा प्रभाससँग बलीउड अभिनेत्री कट्रिना कैफ देखिन सक्ने संभावना प्रवल रहेको छ ।

‘बाहुबली’ लाई आफ्नो पाँच वर्ष दिएपछि प्रभास अहिले अमेरिकामा कामबाट ब्रेक लिएर छुट्टी मनाइरहेका छन् । उनी चाँडै भारत फर्किएर नयाँ फिल्म ‘साहो’ को छायांकनमा व्यस्त हुँदैछन् । निर्माताले अहिलेसम्म फिल्मका लिड एक्टरको बारेमा मात्र घोषणा गरेका छन् । यो फिल्ममा अभिनेत्री कट्रिना कैफ पनि मुख्य भूमिकामा देखिँदैछिन् ।

कट्रिना कैफ अहिले आफ्नो नयाँ फिल्म ‘टाइगर जिन्दा है’ को छायांकन व्यस्त छिन् । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिँदैछिन् । यो पछि उनी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर खानसँग देखिने फाइनल भैसकेको छ । त्यस्तै, रणबीर कपूरसँग आफ्नो नयाँ फिल्म जग्गा जासूस रिलिजको तयारीमा रहेको छ ।

loading...