MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कटहर सेवन गर्दा फाइदै फाइदा

Published Date: 2017-05-17 00:00:00



कटहर काँचोमा तरकारी र पाकेपछि फलकोरुपमा प्रयोग हुने बहुउपयोगी फल हो। यो फल औषधीका गुणहरुले भरिपूर्ण छ। तर मानिसहरु यसको नियमित सेवन गर्दैनन्। कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ। तरकारीकोरुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ। कटहरको नियमित सेवनल् विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ।

१) अनुहार र छालामा औषधीः
अनुहारमा छाला फुट्ने वा हात खुट्टामा पनि यस्तो समस्या भए कतहरको पात चपाएर थुक्दा सन्चो हुन्छ । यसले छालाका अन्य रोग पनि ठिक पार्छ ।

२) खाना पचाउन सहयोगीः
पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । अपचको विरामीलाई पनि यो पानीले फाइदा गर्छ ।

३) जोर्नीको दुखाइमा औषधीः
कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ । पिलो आउँदा पनि कटहरको चोप लगाउन सकिन्छ । त्यसैगरी यसले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।

४) कब्जियतको औषधीः
कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले अपच कम गर्छ भने कब्जियत हुनेहरुलाई पनि राहत दिन्छ ।

५) अल्सरको औषधीः
कटहरको पातबाट बनेको धुलो ल्सरको उपचारमा निक्कै उपयोगी मानिन्छ। यसको हरियो पातलाई सफासँग धोएर सुकाउने र पिँधेर चूर्ण तयार गर्ने । यो सेवन गर्दा अल्सरबाट मुक्ति पाउन सकिन्छ।


loading...