MJ Radio
Facebook Twitter Youtube Skype
Flag

घरमै औषधि हुदा हुदै बाहिरको किन प्रयोग गर्ने

Published Date: 2017-05-17 00:00:00



१) घाँटी दुखेको बेलामा बेसारमा तातो दूध हालेर खादा घाँटीको दुखाइ कम गर्छ।

२) चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ।

३) गर्भावस्थाको अन्त्यतिर केही माहिलालाई खुट्टा वा हात चिलाउने हुन्छ। बच्चा पाएपछि यो आफै निको हुन्छ। यो चिलाउने कम होस् भन्नको लागि कपुरलाई नरिवलको तेल र तोरीको तेल तताएर छालामा मालिस गर्दा चिलाउने धेरै कम भएर जान्छ।

४) कतिपयलाई दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ। तोरीको तेल, बेसार र नुन मिलाएर गिजामा मालिस गरी कुल्ला गर्नाले बिस्तारै दाँत र गिजाबाट रगत आउने समस्या कम हुन्छ।

५) अलि–अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ।

६) रुघाखोकी लागी नाक बन्द भएर सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै सजिलो महसुस हुन्छ।

७) खुट्टामा धेरै पसिना आएर गन्हाउने समस्या भएको व्यक्तिलाई पनि तातो पानी र नुनले फाइदा गर्छ । खुट्टा भिजाएर राख्नाले गन्हाउने कम हुन्छ।

loading...