MJ Radio
Facebook Twitter Youtube Skype
Flag

संगीतकार राहुल प्रधानको निर्देशनमा “आमा”

Published Date: 2017-05-17 00:00:00



गायक शेखर च्याङ लामाको एकदमै मार्मिक शब्द रहेको गित “आमा”को भिडियो सार्वजनिक भएको छ। आफ्नै शब्द सगीतमा रहको गायक लामाको गीतको भिडियो निकै मर्मस्पर्शी लाग्दछ, , जसलाई निर्देशन गरेका छन्, बरिष्ठ संगीतकार एवम् म्यजिक एरन्जर राहुल प्रधानले ।

भिडियोमा रिचा शर्माले आमा, रोशन लामा र अनुभव रेग्मीले छोराकोे चरित्र निकै उत्कृष्ट ढंगमा निभाएका छन। श्रीमानले कान्छि श्रीमती भित्राएपछि घर छाडेकी रिचाले छोरा अनुभवलाई डाक्टर बनाउन देखेकोे सपना पुरा गर्न भोग्नुपरेको यथार्थतालाई प्रस्तुत गरिएको छ। भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् भने ज्ञानेन्द्र शर्मा र निश्चल भण्डारीले खिचेका हुन्। यस बर्षको आमाको मुख हेर्ने दिनलाई स्मरण गरेर भिडियो सार्वजनीक गरिएको हो। 




loading...