MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसको नाममा भरिन् नीताले सिउँदोमा सिन्दुर

Published Date: 2017-05-17 00:00:00



सामाजिक संजालमा आफ्ना तस्बिर अपलोड गर्ने कुरामा नायिका नीता ढुंगाना पनि अगाडि छिन्।हुनत, नीताले दैनिक जसो नै फेसबुकमा आफ्नो तश्वीरहरु अपलोड गर्ने गर्छिन्। सामाजिक संजालमा कलाकारले लेख्ने कुरा र अपलोड गर्ने तस्बिर उनीहरुका फ्यानका लागि सधै नै कौतुहलतामा रहन्छन्।

हालैमात्र उनले सिउँदोमा सिन्दुर भरिएको एक तस्बिर अपलोड गरिन्। जुन, तस्बिरले नीताप्रति दर्शकको उत्सुकता बढाइदियो। मंगलवार साँझ एक यस्तो तश्वीर शेयर गरेकी छिन्, जसले उनका फ्यानहरु नै सप्राइज भएका छन्। कारण, उक्त तश्वीरमा नीताको सिउँदोमा सिन्दुर प्रष्ट देखिएको छ। नायक आमेश भण्डारीससँग ब्रेकअप भएपछि अहिले एक्लो जीवनको रथ अगाडि बढाइरहेकी नीताको सिउँदोमा सिन्दुर देखिनुले उनका प्रशंसकहरु अचम्ममा नपर्ने त कुरै भएन। नीताले उक्त तश्वीर फेसबुकमा शेयर गरेपछि उनका प्रशंसकहरुले कमेन्ट बक्समा एउटै प्रश्न गरेका छन् कि ुतपाईको विवाह कहिले भयोरुु

तर जानकारी आए अनुसार नीताले एक सुपर क्वालिटी प्रोडक्टको विज्ञापनमा नायक प्रमोद अग्रहरीको श्रीमतीको भूमिका निर्वाहा गरेका कारण सिउँदोमा सिन्दुर लगाएकी हुन्।

loading...