MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नवौँ डि सिने अवार्ड असार ९ गते हेटौडामा

Published Date: 2017-05-18 00:00:00



नवौँ डि सिने अवार्ड असार ९ गते हेटौडामा सम्पन्न हुने भएको छ । यस अवार्डमा गत वर्षको बैशाख १ देखि चैत्र मसान्तसम्म प्रदर्शन भएका सिनेमाहरु सहभागी हुन पाउने छन् । अवार्ड सम्पन्न हुने स्थान र मिती तय भएसँगै जुरीहरु अहिले धमाधम सिनेमाहरु हेरिरहेका छन् । 


डि सिने अवार्डको स्थापना काल देखि नै जुरी बस्दै आएका कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाको संयोजनमा पाँच जना सदस्य रहेको निर्णयक समूहमा विजय रत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम छन् । अवार्डको नवौँ वर्षको अवसरमा सिनेमा दर्ता शुल्क पनि ९ सय राखिएको छ । गत वर्ष यो अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको थियो ।

loading...