MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कमलेको विहे’ मा हातमा रुमाल हलाउदै सन्ध्या

Published Date: 2017-05-18 00:00:00



चलचित्र ‘कमलेको विहे’को पहिलो गीत सार्वजनिक गरिएको छ।नायक अनुप विक्रम शाही बिल्कुलै फरक गेटअप लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन्। राजनराज सिवाकोटीको शब्दरसंगीतमा सजिएको गीतमा माण्डवी त्रिपाठी र संगीतकार स्वयम्को स्वर समावेश रहेको छ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार, प्राविधिक र निर्माणपक्षको उपस्थितीमा प्रदर्शन मिति तय नगरिएको चलचित्रको प्रचार सामाग्री बजारमा ल्याइएको हो। अनुप विक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेसु तामाङ, किरण लाकौलको मुख्य भूमिका रहेको चलचित्र ‘कमलेको बिहे’को ट्रेलर, फस्टलुक र एउटा गीत सार्वजनिक गरिएको छ।

गीतमा दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । महेश दवाडीको पटकथारसंवाद रहेको चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा विदुर पाण्डेको छायांकन र दीपक विष्टको लगानी छ। दीपक विष्टलाई लगानीमा सुनिल विष्ट र मिलन लामाले सघाएका छन्।


loading...