MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यी गल्ती कहिल्यै नगर्नुस सेक्स पावर बढाउने क्रममा

Published Date: 2017-05-19 00:00:00



सेक्स पावर’ बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन् । बजारमा पनि यसको नाममा थुप्रै सम्रग्री र औषधिहरु पाइन्छन । कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । सेक्स पावर बढाउने नाममा यसको चक्करमा लाग्नु भयो भने एकातिर स्वास्थ्यमा असर पर्न सक्छ भने अर्कोतिर पैसाको सत्यानाश हुन्छ । अझ ज्यानै गएको घटना पनि कयौ छन् ।

१) तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।

२) अश्लील किताबको जाल
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।

३) रक्सी खाएर सेक्स गर्नु रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।

४) लिंक बढाउने उपाय, र तन्त्रमन्त्र कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन । यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन् ।

५) अण्डा खाएर पैदा हुने इच्छा केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।


loading...