MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नम्रता र मालाको बिचमा चेपिए जस्तो जेबिका कार्की

Published Date: 2017-05-19 00:00:00



दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत अहिले निकै चर्चामा छ। युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको यो गीतलाई अधिकांश नेपालीले रुचाएका छन्। यो गीतमा चलचित्रकी नायिका माला लिम्बुले आइटम नृत्य गरेकी छिन् र यही गीतका कारण मालाले अहिले सर्वाधिक चर्चा पनि पाइरहेकी छिन्।

टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन्। चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका रहेको छ। चलचित्रको निर्माण यूनिटले आज पत्रकारहरुसँग भेटघाट गरेको छ। भेटघाट कार्यक्रममा बोल्दै नायिका नम्रता श्रेष्ठले आफूहरुले एउटा फरक बिषयमा चलचित्र बनाउने कोशिश गरेको बताइन्।

चलचित्रको हिट गीत ‘काले दाई काले दाई’मा नृत्य नगर्दा यो गीतलाई मिस गर्नुभएको त छैन भन्ने प्रश्नमा उनले भनिन्(‘पक्कै पनि छैन। कारण, यो गीतको भिडियोमा मालालाई नै सुहाएको छ। मैले नृत्य गरेकी भए कथावस्तु नै अर्कै हुन्थ्यो। चलचित्रका नायक कोशिश क्षेत्रीले आफूहरुले चलचित्र नगरीलाई एउटा फरक कथामा नयाँ शैलीको चलचित्र दिन खोजेको बताए। यो चलचित्रको व्यापारले आफूलाई पनि प्रभाव पार्ने भन्दै उनले भने(‘चलचित्र शत प्रतिशत चल्छ। गीतसंगीत, कथावस्तु, नयाँ प्रयोगका कारण पनि दर्शकले चलचित्र मन पराउनुहुन्छ। यस्तै, नायिका माला लिम्बुले आफू डान्सर र नायिका दुबै भएको बताइन्। उनले, चलचित्रको टिम, कथावस्तु, गीतसंगीत सबै राम्रो भएकाले दर्शकले हेर्नुपर्ने बताइन्। नव(नायिका जेबिका कार्कीले भनिन्(‘अहिले हेर्दा नम्रता दिदी र माला दिदीको बिचमा म चेपिए जस्तो देखिएला। तर, चलचित्र चलेपछि भने दर्शकले मेरो कामलाई रुचाउनुहुनेछ।

यस्तै, चलचित्रका छायांकार राजेश श्रेष्ठले आफूले हरेक चलचित्रमा फरक शैलीको छायांकन गर्न खोजेको भन्दै यो टिमसँग काम गर्दा सजिलो हुने बताए। सस्पेन्स(थ्रीलर कथामा बनेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथाको विकास गर्ने उनीहरुको कथन छ। चलचित्र ‘पर्वु ले जेठ १२ गतेबाट देशभर रिलिज हुन लागेको छ।


loading...