MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सलमान खान युलियाका लागि मुम्बईमा ३० करोडको फ्ल्याट

Published Date: 2017-05-21 00:00:00



सलमान खान युलियाका लागि मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्ट नजिकैको घर हेरिरहेका छन् । सलमान आफ्ना आमा–बुबासँग यही इलाकामा बस्ने गरेको बताइएको छ । त्यसका लागि सलमानले अहिलेसम्म थुप्रै फ्ल्याट हेरिसकेको तर कुन किन्ने भन्ने बारे निर्णय लिइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


३० करोडसम्म हुनेछ फ्ल्याटको मूल्य सलमानले मुम्बईको सबैभन्दा महँगो एरियामा युलियाका लागि फ्ल्याट खोज्दै छन् । यसो हो भने त्यो फ्लयाटको भाउ पनि त गतिलै होला । हो, त्यहाँ १५ सय स्क्वायर फिटको फ्ल्याटको मूल्य २५ देखि ३० करोड पर्छ । उनले त्यत्ति नै पैसा खर्चेर प्रेमिकाका लागि घर किन्ने मुडमा रहेको बताइएको छ । 

loading...