MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विल्सन विक्रम राई तक्मे बुढाको डेब्यु बलिवुड "ब्रुसली"को टिजर रिलिज

Published Date: 2017-05-21 00:00:00



अभिनेता विल्सन विक्रम राई उर्फ तक्मे बुढाको डेब्यु बलिवुड सिनेमा ‘बोरीवालि का ब्रुसली’को टिजर रिलिज भएको छ । टिजरमा विल्सनले गतिलो स्थान पाएका छन् । दुई मिनेटको टिजरमै विल्सन सात सिनमा देखिएका छन् जुन बलिवुडमा जाने नेपाली कलाकारको लागि राम्रो कुरा हो । विल्सनले अहिले सम्म बलिवुड सिनेमाको टिजरमै नेपाली कलाकारलाई यति धेरै स्थान नदिएको भन्दै खुशी व्यक्त गरेका छन् । 


सिनेमामा विल्सनका अलावा आयशा टाकिया, नील भुपालम, सुप्रिया पिलंगकार, अश्विन मुसरन, सरताज लगायतको मुख्य भूमिका छ । यस सिनेमामा उनी कराँते कोचको भूमिकामा छन् । यतिबेला नेपाली सिनेमा ‘रातो घर’को प्रमोशनमा व्यस्त उनले बलिवुड सिनेमाको टिजरले ‘रातो घर’लाई पनि केही फाईदा पुग्ने आशा राखेका छन् । 



loading...