MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यौन शक्ति बढाउने ५ घरेलु उपायहरु

Published Date: 2017-05-22 00:00:00



यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ। यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ। यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ। अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन्। 


त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन्।साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ। अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ। दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन। त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ। त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ।

१) अण्डा : आजको आधुनिक जीवनशैलीमा अण्डाको बिकल्प छैन। अण्डामा प्रोटिन भरपूर हुनुका साथै यसले ब्लड सुगरलाई पनि नियन्त्रित गर्छ । दिनहुँ एउटा अण्डा खान सक्नु हुन्छ।

२) पानी : पानीका असंख्य फाइदाहरु छन् । कैलोरीमा सून्य पानीको बढी से बढी प्रयोग गर्नुस्।

३) ग्रीन टी : हर्वल टी एंटी आक्सिडेन्टयुक्त हुन्छन् । यसले मेटाबोलिज्मलाई सवल बनाउछ।

४) सलाद : अमेरिकी डाइटिङ एसोसिएसनको अनुसार तरकारीबाट बनेका सलाद भिटामीन सी र इ सँगै फालिक एसिड र कैरोनटायडसले भरपुर हुन्छन् । सलादमा गाजर, बन्दा, गोलभेडा, भेडे खुसानी, कांक्रो जस्ता कुराहरु प्रयोग गर्न सकिन्छ ।

५) बदाम : भिटामीन इ को मुख्य स्रोत हो । यसमा हुने एन्टी आक्सिडेन्ट तत्वले रोग प्रतिरोधक क्षमता बढाउँछ ।


loading...