MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंकाले निर्माण गरेको नेपाली चलचित्र "पाहुना" को पोष्टर रिलिज

Published Date: 2017-05-23 00:00:00



बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र "पाहुना" को पोष्टर सार्वजनिक भएको छ। सोमवार कान्स फिल्म फेस्टिबलमा प्रियंका चोपडाकी आमा मधु चोपडाले चलचित्रको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन्।

चलचित्र ‘पाहुना’ आमा बुबाबाट छुट्टिएका बालबालिकाको कथामा आधारित रहेको छ। पोष्टरमा दुईजना बालबालिकालाई देखाइएको छ। नेपाली हाँस्य टेलिश्रृंङखला ‘मेरी बास्सै’मा ‘खड्काजी’को कान्छि श्रीमतीको भूमिका निर्वाह गरेर चर्चामा आएकी मञ्जु ‘पाहुना’ चलचित्रमा आमाको भूमिकामा देखिने भएकी छिन्। 


प्रियंका चोपडाको आमाको कम्पनी पर्पल पिबल प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रलाई निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेकी हुन् । माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको चलचित्रमा सिक्किमकै कलाकार र प्राविधिकहरु समेटिएका छन्। नेपाली भाषामा बन्ने सिनेमालाई हिन्दीमा पनि डबिङ गरिने छ ।


loading...