MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गाजर खानुका फाइदा के के छन्

Published Date: 2017-05-23 00:00:00



खानामा सलादको रुपमा, अचार बनाएर वा खाली चपाए भान्सामा सधैँजसो प्रयोग हुन्छ गाजर। देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ। गाँजर शरिरका लागि एकदमै उपयोगि हुन्छ। खनिज र भिटामिन ‘ए’ ले मानिसको छाला , अनुहार तथा आँखाका लागि एकदमै राम्रो मानिन्छ। 


यसका साथसाथै , यसबाट प्राप्त हुने खनिज र भिटामिन ‘ए’ ले अनुहार , छाला तथा आँखाको ज्योतिका लागि पनि एकदमै फाइदाजनक छ। यसबाट प्राप्त हुने भिटामिन ‘बी’ क्याल्सियम तथा फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन। साथै , दैनिक गाँजरको प्रयोगले रुघाखोकीको समस्याबाट पनि टाढा राख्दछ , यस्तै गाजरको प्रयोगले प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ।

फाइदा के के छन् यस बारेमा कुरा गरौ

१) छालाको चमक बढाउँछ स् गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् साथै यसमा भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ।

२) शरीर सफा गर्छ स् गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ । यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्द्रालाई पनि सफा गर्न मद्दत गर्छ।

३) आँखाको शक्ति बढाउँछ (स्गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै ‘बिटा क्यारोटिन’ नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ। गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ।

४) बुढ्यौली रोक्छस् यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले कम उमेरमै बुढ्यौली देखिने समस्या कम हुन्छ। अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने ‘एन्टीअक्सिडेन्ट’ नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ।

५) हृदयरोगबाट बचाउँछ स् गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ। गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ।


loading...