MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ग्याष्टिक रोग के हो र कसरी हुन्छ

Published Date: 2017-05-24 00:00:00



मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis)भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ।

किन र कसरी हुन्छ यो ग्याष्टिक रोग 
हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड (Hydrochloric acid) भनिने एक खालको कडा अम्ल पनि हुन्छ। यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ। अब प्रश्न उठ्छ कि यस्तो कडा अम्ल हाम्रो आमाशय भित्र हुँदा पनि आमाशयलाई किन केही असर नपरेको होला। किनभने आमाशयलाई यो अम्लबाट बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रक्रियाहरु हुन्छन्। जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस (Mucus) निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ। त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट (Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ। 


यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रक्रियाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ।
यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ। नेपाल जस्ता अविकसित देशहरुमा ८०५ भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ।त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ। NSAIDs (Non-steroidal anti-inflammatory drugs) जस्तै ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ।


loading...