MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अनुश्का र प्रभास प्रेममा

Published Date: 2017-05-25 00:00:00



भारतीय सञ्चार माध्ययमका अनुसार प्रभास र अनुश्का एकअर्कालाई डेट गरिरहेका छन् । उनीहरुले विवाह गर्न सक्ने सम्भावना पनि छ । तर उनीहरुले यसलाई पुष्टि भने गरेका छैनन् । हुन त उनीहरुको अफेयरको खबर यस अघि पनि आएको थियो । तर उनीहरुले आफूहरु मात्र मिल्ने साथी भनेर यस खबरलाई गलत बनाईदिएका थिए । 


प्रभासले दुई वर्ष अघि विवाह गर्ने तयारीमा रहेकी अनुश्काको विवाह रोकिदिएका थिए । पूरा समय बाहुबलीका लागि दिन भन्दै उनले अनुश्कालाई विवाह नगर्न सुझाव दिएका हुन् । प्रभास स्वयमले पनि बाहुबली सीरिजको लागि भन्दै आफ्नो विवाह मिति पाँच वर्ष पर सारेका थिए ।बाहुबली पछि प्रभास र अनुश्काले सिनेमा ‘साहो’मा काम गर्ने भएका छन् । यस सिनेमाका लागि प्रभासले नै अनुश्काको नाम सिफारिश गरेको बताईन्छ । तर यस सिनेमामा अनुश्का हुने नहुने आधिकारिक पुष्टि भने भएको छैन ।

loading...