MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हलिउड ‘एक्सा’को काठमाडौमा छायाँकन

Published Date: 2017-05-27 00:00:00



हलिउड मोडल जुली डुवल अहिले काठमाडौमा छिन् ।नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टर जनकदीप पराजुली छानिएका छन् । राजधानीका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा जुलीका अलवा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालले समेत अभिनय गरिरहेका छन् । ‘एक्सा’मा मुम्बईका लाइन प्रोडुसर राजेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन गरेका हुन् । 


छायाँकनका लागि मुख्य प्राबिधिक हलिउडबाट आएका हुन्, भने केही प्राबिधिक नेपालका पनि छानिएका छन् । भुकम्पको कथामा निर्माण थालिएको ‘एक्सा’मा एक भोलिन्टियरको कथा बिषय बनाइएको छ । भुकम्पको बेला भोलिन्टिएरले साट्ने सुख दुःख समेत प्रोजेटमा समेटिने छ ।बिगत एक महिना देखि आफु यही प्रोजेक्टमा ब्यस्त रहेको निर्देशक  पराजुले बताए । नेपाल पछि ‘एक्सा’ फ्रान्स र बैंकक समेत छायाँकन हुने उनले जानकारी दिए ।

loading...