MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वास्थ्य रहन मेथीको सेवन गर्न नभुल्नु होला

Published Date: 2017-05-30 00:00:00



मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो। आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ। प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ। मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ। यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ। 


यस्लाई खानाले पसिना आँउछ। शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ। यस्ले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ। यो अल्सरमा पनि लाभकारी हुन्छ। मेथीबाट बनेको लड्डु एक राम्रो टॉनिक हो जो प्रसुति पश्चात ख्वाउने गरिन्छ। यस्ले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउँने गर्दछ।

मेथीमा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, कोलाईन र ट्राइगोनेलिन एल्केलाईड्स, गोंद, लेसीथिन, स्थिर तेल, एलब्युमिन प्रोटीन, पहेंलो रङ्गको रजक तत्वपनि पाइने गर्दछ। मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छस्(

१) मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ। यस्को उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट संबंधी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ। मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ।

२) मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु(मूत्र ,पथरी,टांसिल्स,रक्त(चाप तथा मानसिक तनाव तथा गर्भ(निरोधकको रुपमा लाभप्रद हुन्छ।

३) मेथी दाना रातभर पानीमा भिजाएर विहान यस्लाई पिंधेर यस्को पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ।

४) मेथी दाना पिंधेर यस्को लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ।

५) मेथीको सेवनबाट वायु ९गैस, कफ ९बलगम० तथार ज्वर ९बुखार० निर्मुल हुन्छ। वात रोग ९जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई मट्ठा(महिको साथमा पिउँनाले फाइदा हुन्छ।

६) विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न ।

७) मेथी पाउडरको सेवन दुधको साथमा गर्नाले मधुमेह ठिक हुन्छ । यस्मा रगत र पिसाबमा ग्लुकोजको मात्रा कम गर्ने विशेष गुण रहने भएकाले डायबिटिजमा विशेष गुणकारी हुन्छ।

८) मुखको छाल ९खटिरा० ठिक गर्नको लागि मेथीको पातको अर्क तथा मेथीलाई पानीमा उमालेर चिसो भएको पानीले मुखको कुल्ला गरेमा फाइदा हुन्छ।

९) पेटको छाला, आँतको सफाईको लागि दुई चम्मच मेथी एक कप पानीमा उमालेर मेथीको काढा बनाएर पिउँनाले लाभप्रद हुन्छ।

१०) ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ।


loading...