MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नियमित जिम गर्नुका फाइदाहरु

Published Date: 2017-05-30 00:00:00



पछिल्लो समय शहरमा जिम क्लब धाउनेको संख्या बढ्दो छ। ज्यान बनाउनकै लागि जिम धाउने धेरै भए पनि स्वस्थ रहनका लागि गिम जानेहरु पनि बढेका छन्। नियमित जिम गर्ने व्यक्तिको शरीरका सेल्सहरु सामान्य मानिसको भन्दा सक्रिय हुन्छन् । यसरी सेल्सहरु सक्रिय हुँदा हर्मोनहरु बढ्छन्। यस्तो शरीरले प्राप्त गरेको पौष्टिक तत्व सोस्ने गर्छ । 


खाएका जति सबै पौष्टि तत्व लिदाँ शरीर तन्दुरुस्त हुन्छ। तुलनात्मक हिसाबले सामान्य मानिसभन्दा नियमित जिम गर्ने व्यक्तिको हर्मोन ग्लान्डहरुले राम्रोसँग काम गर्छन्। उमेर बढ्दै गएपछि सामान्य व्यक्ति ग्लान्डले काम गर्ने क्षमता स्वतः कम हुँदै जान्छ। जिम गर्नाले ग्लान्डहरु सक्रिय हुन्छ। शरीरले प्राप्त गरेका भिटामिन, प्रोटिन र मिनरल्स राम्रोसँग सोस्ने र बुढेसलसम्म पनि तन्दुरुस्त रहने हुन्छ।

जिम गर्दा सबैभन्दा राम्रो बानी नियमित रुटिन पालना गर्ने बानी बस्छ। जिम गर्ने मानिसमा अल्छीपन हुँदैन, व्यायाममा सधैँ सचेत हुन्छ, शरीरप्रति प्रेम बढि हुन्छ। त्यस्तै भोलीका दिनमा जिम गर्न छाडे पनि यसले शरीर स्वस्थ राख्ने रुटिनमा रहन प्रेरणा गरिरहेको हुन्छ।


loading...